Skip to content

Instantly share code, notes, and snippets.

@PraveshKoirala
Created August 16, 2020 13:14
Show Gist options
  • Save PraveshKoirala/db0084637c403d0c3fef29cf48026185 to your computer and use it in GitHub Desktop.
Save PraveshKoirala/db0084637c403d0c3fef29cf48026185 to your computer and use it in GitHub Desktop.
मौलिक परम्परा र संस्कार फेरिंँदै । उदयपुर दुर्गम ग्रामीण क्षेत्रमा जातजातिको मौलिक परम्परा संस्कार र संस्कृतिमा परितर्वन देखिन थालेको छ । पछिल्लो धर्म परिवर्तनका लागि प्रलोभनमा पार्ने क्रम बढेकाले यस्तो अवस्था आएको हो । धर्म परिवर्तनका कारण जन्मदेखि मृत्युसंस्कार गर्दासम्म एउटै परिवारका सदस्यसमेत एकै ठाउँमा बस्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यसले गर्दा सामाजिक सदभावसँगै जातजातिको आफ्नो मौलिक परम्परा संस्कार र संस्कृति लोप हुने खतरा बढेको स्थानीयले बताएका छन् । धर्म परिर्वतनले सामाजिक मूल्य मान्यतासँगै परम्परा संस्कार र संस्कृति लोप हुँदैछ अग्रज पत्रकार कौशल च्याम्जोङले भने सामाजिक मूल्य मान्यतासँगै संस्कार संस्कृति लोप हुँदै जाँदा भावी पुस्ताले आफूलाई जनजाति आदिवासीका रूपमा चिनाउन सक्दैनन् । प्रकृतिका पुजारी राई जातिको चुलो पूजालाई महत्त्वपूर्ण मानिन्छ धर्म परिर्वतन गरेपछि चुलो पूजा गर्ने संस्कार नै नभएपछि कसरी आदिवासी हुन सक्छ भन्ने उनको प्रश्न छ । दुई सातापहिले खोटाङको खोटेहाङ गाउँपालिका NN रसुवा माझिटारमा NN वर्षीय पूर्णमाया माझीको मृत्यु भयो । उनको NN छोराले दुई भिन्न संस्कारले काजकिरिया गरे । पूर्णमायाका दुई छोरा हरि र सूर्यले क्रिस्चियन धर्म र जेठा छोरा वीरबहादुरले हिन्दु धर्म संस्कारअनुसार माझीको काजकिरिया गरेका हुन् । काजकिरिया दुईवटा घरमा भिन्न संस्कारले हुँदा सामाजिक मूल्यमान्यतालाई चुनौती दिएको सर्वसाधारणले बुझे । धर्म परिवर्तनका कारण एउटै कोखबाट जन्मिएका सन्तान आमाको काजकिरियामा अलगअलग हुने भनेको परम्परागत मूल्यमान्यता परम्परा संस्कार र संस्कृति मासिएको माझी समुदायका पुरोहित दुरुस्ते माझीले बताए । परम्परागत रूपमा माझी जातिको संस्कारअनुसार काजकिरिया गर्दा तेस्रो दिन चिउरा कुट्ने तीनओटा झिंगटी ल्याउने आगो बाल्ने र त्यसको वरिपरि घुमेर गीत गाउँदै मृतकलाई गीतमार्फत बोलाउनुपर्ने र किरिया सकिएपछि गीतबाटै बिदा गर्नु पर्ने प्रचलन रहेको पुरोहित दुरुस्तेले वताए । तर पूर्णमायाका दुई छोरा हरि र सूर्यले त्यो परम्परालाई तोडे पुरोहित दुरुस्तेले भने अब विस्तारै हरि र सूर्यका छोराछोरीले माझीले गर्ने जतीय संस्कार विर्सिछन् किनकि उनीहरूका बावुहरूले क्रिस्चियन धर्मअनुसार आमाको काजकिरिया गरेका छन् । काजकिरियामा प्रभाव परेपछि भावी पुस्ताले कसरी आफ्नो संस्कार संकृति र रितिरिवाज थाहा पाउँछ ? त्यसैले मासिने उनले बताए । नेपालको संविधानले दिएको धार्मिक स्वतन्त्रताको अधिकारको उपयोग गर्दै सबैले आआफ्नै धर्मअनुसार कर्म गर्न पाइन्छ । तर पुर्खौंदेखि मान्दै आएको धर्म परिवर्तन गराउने क्रमले भने नेपालका जातजातिहरूको मौलिक परम्परा संस्कार र संस्कृति नै मासिने खतरा बढेको स्थानीय बताउँछन् । आदिवासी जनजाति र दलितको लाखांैलाख संख्यामा धर्म परिर्वतन गरिरहेका छन् दलित समुदायका अगुवा दिलिप रसाइलीले भने जातीय छुवाछूत हुँदैन भन्दै धर्मपरिवर्तन हुन्छ तर त्यसले आफनो मौलिक संस्कार संस्कृति र परम्परालाई धावा बोलिरहेको छ । जसले गर्दा दलित र जनजाति आदिवासीको कला संस्कार संस्कृति र मौलिक पहिचानसँगै परम्परा पनि मासिने उनले बताए । धर्म परिवर्तनले मुक्ति कुरा उठाएर आफ्नो संस्कार संस्कृति र परम्पारलाई मेटाउने हो भने आदिवासी जनजाति र दलितको पहिचान मासिने दलित अगुवा रसाइलीले बताए ।
पहिरो जोखिममा NN गाउँ । मुगु जिल्लाका NN गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । रिघा कम्फा चराप कालापाल्ता रावलबाडा भियालबाडा माग्री गमगढी क्याम्पस रोड गाडेखोला भटडाडीलगायत NN गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् । छायाँनाथ नगरपालिकास्थित NN घरधुरी रहेको भियालबाडा दलित बस्ती पहिरोको सबैभन्दा बढी जोखिममा छ । वर्षामा माथिबाट पहिरो आउने र तलबाट मुगु कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । केही घर पहिरोले पुरिन थालेपछि स्थानीय घर छोडेर लुम्स बगरमा बस्न जान थालेका छन् । जग्गाजमिन सबै पहिरोले बगाउँदा सुकुम्बासी बन्नुपरेको स्थानीयको गुनासो छ । पहिरोको डरले पुख्र्यौली घर छोडेर बगरछाइलमा बस्नुपरेको भियालबाडाका नन्दबहादुर नेपालीले बताए । जग्गा पहिरोले पुरेपछि बजारको खाद्यान्न किनेर जोहो गर्नुपर्ने बाध्यता छ उनले भने कसरी वर्षा कटाउने भन्ने चिन्ताले सताउन थालेको छ । नगरपालिकाको भटडाडी गाउँमा पनि पहिरोको त्रास छ । माथिबाट पानी परेको बेला पहिरो आउने गरेकाले रात कटाउन कठिनाइ हुने गरेको स्थानीयले बताए । माथिबाट डोजरले सडक खनेपछि गाउँ पहिरोको जोखिममा परेको हो । नगरपालिकाकै कम्फा चरापगाउँका स्थानीयलाई पहिरोको त्रास छ । करिव NN घरधुरी रहेको कम्फा मुनिबाट पहिरो बग्दै गएकाले स्थानीयवासी त्रासमा छन् । पहिरोको जोखिमका कारण माथिलेकमा बस्ती सार्न थालेको स्थानीय धनरूप बडुवालले बताए । ताल्चा विमानस्थलको पानीले कालापाल्तामा पहिरो जान थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । मुगमकार्मारोङ गाउँपालिकास्थित माग्रीका तीन सय घरधुरी पनि पहिरोको जोखिम बढेपछि त्रासमा छन् । मुगु कर्णाली नदीले बर्सेनि गाउँको मुनिबाट कटान गर्दै जाने र माथिबाट पहिरो बढ्दै गएको स्थानीयको भनाइ छ । गाउँमुनि पाँच सय मिटर बढी क्षेत्रफल पहिरोले बर्सेनि बगाउने गरेको स्थानीयको भनाइ छ । खत्याड गाउँपालिका NN र NN को रिघा गाउँका बासिन्दा पानी पर्न थालेपछि त्रसित हुने गरेका छन् । ठूलो वर्षा हुन थाले स्थानीय पीपलचौतारामा जम्मा हुने गरेको स्थानीयले जनाए । दुई वर्षअघिको वर्षामा पहिरो आउँदा एक दर्जन घर पुरिएका थिए । वर्षातको समयमा राति घरभित्र सुत्न साह्रै डर लाग्छ रिघा गाउँका मनोज गिरीले भने राति माथिबाट पहिरो खस्ने क्रम बढेको छ त्यसैले पीपलचौतारीमा बसेर रात कटाउने गरेका छौँ । पहिरोको त्रासले केही घरधुरी विस्थापित भएको उनले बताए । सोरु गाउँपालिका NN रावलबाडाको दलित बस्ती पनि पहिरोको जोखिममा छ । दलित बस्तीको मुनि हुम्ला कर्णाली नदीले कटान गर्दै गइरहेको छ भने माथिबाट दिनहुँ पहिरो खस्ने गरेको छ । NN घरधुरी रहेको दलित बस्तीका बासिन्दाले ठूलो पानी परे रातभर जाग्राम बस्ने गरेको बताए । रावलबाडाका बुद्धिसिंह नेपालीले पहिरोका कारण खेती गर्ने जग्गा बर्सेनि मासिंदै गएपछि जीविकोपार्जनमा समस्या भएको बताए ।
उखुको मूल्य तोकियो । सिमरा महोतरीको बर्दीबासमा बुधबार साँझ भएको उखु किसान महासंघ र चिनी उत्पादक महासंघबीचको बैठकले उखु मूल्यको विवाद टुंग्याएको छ । मूल्यमा सहमतिपछि चिनी मिल सञ्चालन हुने भएका छन् । विवाद टुंगिएपछि तयारी अवस्थामा रहेको आफ्नो चिनी मिल आइतबारदेखि सञ्चालन गरिने रिलायन्स सुगर एन्ड केमिकल इनडास्ट्रिज प्रालिका एम डी सञ्चालक राजकुमार अग्रवालले जानकारी दिए । हामी पहिलादेीख नै तयारी अवस्थामा थियौं उनले भने मूल्य विवादका कारण चिनी मिल सञ्चालन हुन सकेको थिएन । चिनी मिल सञ्चालन गर्न कम्तीमा NN हजार क्विन्टल उखु यार्डमा पुगेको हुनुपर्दछ । आज यार्डमा यो परिमाणमा उखु पुर् याइए चिनी मिल सञ्चालन गर्न सकिने उनले दाबी गरे । किसानलाई उखु कटान बुधबरदेखि नै चलान काटेर वितरणका लागि सेन्टरमा पठाइएको उनले जानकारी दिए । आइतबारसम्ममा उद्योग सञ्चालन गर्न चाहिने उखु यार्डमा पुग्ने विश्वास लिइएको उद्योग प्रशासनले जनाएको छ । बैठकमा NN सय NN रुपैयाँ NN पैसा उद्योगले तिर्न पर्ने र NN रुपैयाँ NN पैसा सरकारले अनुदान स्वरूप रकम किसानलाई उपलब्ध गराउनुपर्ने बैठकमा सहमति भएको थियो । उद्योगले दिने उखुको मूल्य र सरकारी अनुदान रकम जोडेर NN सय NN रुपैयाँ NN पैसा उखुको मूल्य निर्धारण गरिएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले बताए । यस वर्षका लागि यही फाइनल मूल्य हो उनले भने जति विवाद लम्बिन्छ त्यति नै किसानले नोक्सान व्यहोर्नुपर्छ । गत वर्ष NN सय NN रूपैयाँ NN पैसा प्रतिक्विन्टलमा उखु बिक्री भएको थियो । NN रुपैयाँ NN पैसा मिलले अझै बाँकी राखेको छ । यस वर्ष सुरुमा लागेकै रेटमा गत वर्ष पनि उखु बिक्री भएको उनले जानकारी दिए । किसान आन्दोलनका कारण सरकारले नै यस वर्ष NN सय NN रुपैयाँ NN पैसा मूल्य निर्धारण गरेको थियो । त्यही मूल्यलाई बैठकले अन्तिमरूप दिएको उनले जानकारी दिए । बैठकमा सरकारको प्रतिनिधिको उपस्थिति थिएन । बैठकमा कम्तीमा NN रूपैयाँ प्रतिकिलो चिनी बिक्री मिलगेटबाटै बिक्री हुनुपर्ने सहमति बैठकमा भएको बैठकमा उपस्थित चिनी उत्पादक महासंघका उपाध्यक्ष समेत रहेका राजकुमार अग्रवालले बताए । सरकारले NN हजार टन चिनी बफ्र स्टोक गर् यो भने चिनीको मूल्यमा समस्या रहदैन उनले भने यसो गर्दा चिनीको मूल्य सन्तुलन रहन्छ । सरकारले चिनी उद्योगका लागि सफ्ट लोनको व्यवस्था गर्नुपर्ने उनले आग्रह गरे । उखु क्रसिङका हिसाबले कम्तीमा NN प्रतिशत सहुलियत ऋण सरकारले उपलब्ध गराए उखु किसानलाई समयमै भुक्तानी दिन सहयोग मिल्ने उनले जिकिर गरे । ऋण उपलब्ध भए NN NN महिनामै भुक्तानी पूरा गरिदिन्छु उनले भने ऋण उपलब्ध नभए भुक्तानीमा समस्या हुन्छ । मूल्य विवादकै कारण चिनी मिल समयमा सञ्चालन हुन नसकी झन्डै एक महिना ढिलो भएको उनले जानकारी दिए । उखु उत्पादक किसान संघले NN सय NN रुपैयाँ उखुको मूल्य निर्धारण गरिनुपर्ने माग राखेपछि किसान महासंघ र चिनी उद्योगीसँग विवाद बल्झिएको थियो । किसान संघको मागअनुसार उखु मूल्य दिन नसक्ने चिनी मिल सञ्चालकले अडान लिएपछि किसान संघ र चिनी मिलबीच विवाद बल्झिएको थियो । नयाँ र पुराना गरी साढे NN हजार विगाहा क्षेत्रफलमा बारा र पर्सामा उखु खेती गरिएको चिनी मिलले जनाएको छ । गत वर्ष NN हजार NN किसानले उखु खेती गरेका थिए भने अहिले त्यो तथ्यांक बढेर NN हजार NN सय NN मा पुगेको चिनी मिलले जनाएको छ ।
सुबोधको बानी । काठमाडौं हाम्रोमा त अम्बक छ । खोइ त विक्रम तिमेरूको ? सुबोधले सोध्यो । विक्रमले केही भनेन । फेरि सुबोधले भन्यो हैन यो के गरेको ? अम्बकको बोटमुनि चप्पल र बोतलहरू पो छन् त । कसले राख्यो हँ ? मैले मात्रै हैन के । अरू साथी पनि थिए । कसले धेरै अम्बक झार्ने भनेर चप्पलको झटारो हानेको । हाम्रोमा त सबै बोटबाट अम्बक झार्छौं । खाँदो खान्छौं । खान नसकेको टोकेर फाल्छौं विक्रमले जवाफ दियो । हैन कुनै कुनैमा त चोट पनि लागेको छ त । ढुंगाले पनि हानेर झार्छौ कि के हो ? हाम्रामा अझै कति धेरै अम्बक छन् । तर हामी कहिल्यै झटारोले अम्बक झार्दैनौं । तिमीहरूलाई रूखका फलफूल टिप्ने तरिका नै थाह रहेनछ सुबोधले भन्यो । हामी त जे पायो त्यसैले झार्छाैं । कहिले भाटाले हान्छौं । कहिले ढुंगाले हानेर झार्छौं । अम्बक टिप्न पनि केको गाह्रो ? विक्रमले घमन्ड देखायो । लु सुबोध आजी बाजी खेल्ने है ? जसले ढुंगाले धेरै अम्बक झार्छ उसले थोरै झार्नेलाई तीन ढ्याम हान्ने ल ? विक्रमले प्रस्ताव राख्यो । किन अम्बकै झार्ने बाजी खेल्नु ? अरू नै खेल खेल्दा पनि भइहाल्छ नि । हामीले यसरी फलफूल झारेर खेर फाल्नु हुँदैन सुबोधले सम्झायो । बाजी खेल्न त हुत्ति पनि हुनुपर् यो नि । तिमी मसँग बाजी खेल्नै सक्दैनौ विक्रमले केहीजस्तो मानेन । सुबोधका कुरालाई हावामा उडाइदियो । सारै पो भन्यौ है । लु न त लु एकचोटि खेलौं सुबोध पनि हार्न चाहेन । तिमीले भन्दा मैले धेरै अम्बक झारें । तिमीले त बल्ल दुई दाना झार् यौ । मैले बाजीमा जिते पनि तिमीलाई ढ्याम हान्दिनँ । हामी सँगैसँगै पढ्ने साथी साथी हौं । हामी सधैं मिलेर खेल्नुपर्छ । मिलेर पढ्नुपर्छ । कहिल्यै झगडा गर्नु हुँदैन सुबोधले सम्झायो । विक्रम मैले लगाएको यो ज्याकेट पनि अम्बक बेचेको पैसाले किनेको हुँ । जाडोमा कति न्यानो भएको छ मलाई । दिदी र म अस्ति बिदाको दिन तीन तीनचोटि अम्बक बेच्न दिक्तेल गएका थियौं । दिदीलाई पनि एउटा सुइटर किन्यौं । वर्ष दिनलाई पुग्ने कापी पनि किनेका छौं सुबोधले आफ्नो खुसीको कुरा सुनायो । आमाले मलाई पनि किनिदिनुहुन्छ रे ज्याकेट विक्रमले आफूलाई कमजोर देखाउन चाहेन । उसले नभएको फुइँ लगायो । तिम्रो आमा बुवा के काम गर्नुहुन्छ ? के गरेर पैसा कमाउनुहुन्छ हो ? सुबोधले सोध्यो । हाम्री आमा छिमेकीकोमा गएर काम गर्नुहुन्छ । आज पनि माथिल्लो घर खला लिप्न जानुभएको छ । बाबु डोको नाम्लो बुनेर बेच्नुहुन्छ । यसरी उहाँहरूले पैसा कमाउनुहुन्छ विक्रमले बतायो । अनि विक्रम तिमीहरूकोमा पनि पाहुना आउनुहुन्छ होला नि । कहिलेकाहीँ आफू पनि पाहुना जानुपर्छ । मजस्तै तिमी पनि मावल जान्छौं नि होइन ? सुबोधले सोध्यो । अँ हाम्रो घरमा पनि कहिलेकाहीँ पाहुना आउनुहुन्छ । म कहिलेकाहीँ मावल र दिदीकोमा जाने गर्छु । विक्रमले सहमति जनायो । केके कोसेली लान्छौ त ? सुबोधले सोध्यो । पसलबाट मिठाई बिस्कुट आदि किनेर लान्छौं । कहिलेकाहीँ सेल अनर्सा पनि लान्छौं । पोहोर मंसिरमा पनि गएका थियौं विक्रमले आफ्नो कुरा फटाफट बतायो । फलफूल भनेको हाम्रो जीउ स्वस्थ र बलियो बनाउने औषधि हो । समयअनुसारको फलफूल खाइरहनुपर्छ । फलफूलको सधैं जतन गर्नुपर्छ । धेरै भए बेचेर आम्दानी बढाउन सकिन्छ । तिमीलाई मैले भनेको कुरा कस्तो लाग्यो ? सुबोधले खुसी हुँदै सोध्यो । हुन्छ सुबोध । म अबदेखि कहिल्यै फलफूल खेर फाल्दिनँ । सधैं तिमीजस्तै राम्रो काम गर्छु । आमा बुवासित कापी किन्ने भनेर कहिल्यै कचकच गर्दिनँ । पाएको पैसाले लुकीलुकी चाउचाउ र बिस्कुट पनि किनेर खाँदिनँ । तिमीले आज मेरो आँखा खोलिदियौ । तिमीलाई धेरैधेरै धन्यवाद NN विक्रमले खुसी हुँदै भन्यो । आफ्नो कुरा मानेकोमा सुबोध पनि निकै खुसी भयो । श्रीराम राई चित्र कृष्णगोपाल श्रेष्ठ
तीन दिनदेखि बेपत्ता विक मृत भेटिए । दाङ तीन दिनदेखि हराइरहेका घोराही उपमहानगरपालिकाका एकजना मृत भेटिएका छन् । घाेराही NN धर्नाका NN वर्षीय भुपलाल विक साेमबार मृत भेटिएका हुन् । सोमबार बेलुका धर्नाको सिसहीपुर खेतमा उनको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदबिक्रम शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको उनले बताए ।
बिथोलिए वन्यजन्तु । भरतपुर बाढीले अहिलेसम्म NN गैंडा बगाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बगेका गैंडाको वास्तविक संख्या भने अझै यकिन नभएको निकुञ्जको भनाइ छ । गत साउन NN को वर्षापछि राप्ती र नारायणीमा आएको बाढीले निकुञ्जका गैंडा बगाएको हो । बाढीले केही भारत तथा केही गैंडा नवलपरासी क्षेत्र पुगेको अनुमान छ । बगाएर एक गैंडा मरेको थियो । भारतको वाल्मीकिस्थित डिभिजन फरेस्ट अधिकृत अमित कुमारले नेपाल भारत सीमाभन्दा NN किमि पर वयस्क गैंडा देखिएको चितवन निकुञ्जलाई जानकारी दिएपछि प्राविधिकसहितको टोली उद्धारका लागि पुगेको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जनाए । NN गैंडा बगाउनु भनेको ठूलो संख्या हो उनले भने NN वटा उद्धार गरिसकेका छौं हेरौं अब कति गर्न सकिन्छ । भारतीय फरेस्ट अधिकृत अमितले झन्डै NN कर्मचारी जंगलमा गैंडाको रेकीका लागि परिचालन गरेका छन् । निकुञ्जका NN हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा कमल गैरे तथा प्राविधिकसहितको NN कर्मचारी संलग्न टोली भारत पुगेको छ । बाढीले बगाएका गैंडा उद्धार गर्न भदौ NN देखि खटिएको टोलीले NN दिनभित्र NN भालेसहित NN गैंडाको उद्धार गरेको थियो । NN गैंडा निकुञ्जमा छाडिएको छ । सुरक्षा खतरा महसुस गर्दै उद्धार गरिएको एउटा सानो बच्चा केटा लाई कोषको कार्यालयमा संरक्षण गरी राखिएको छ । लगातारको वर्षाले बासस्थान डुबानमा परेपछि गैंडालगायत वन्यजन्तु छिन्नभिन्न भएका छन् । बाढीले बगाएका NN वटा एकसिंगे गैंडा नवलपरासीको सुस्ता NN चन्द्रगन्जमा फेला परेका थिए । बासस्थानबाट झन्डै NN किमि टाढा पुगेकाले जंगलभित्र गैंडा एकै स्थानमा बसेको छैन । मानिस र अन्य जनावर देख्नासाथ दौडिने गरेकाले डार्ट बेहोस गर्न समस्या भएको अधिकृत अर्यालको भनाइ छ । निकुञ्ज क्षेत्रबाटै राप्ती र नारायणी नदी बग्छन् । यही नदीको बाढीले गैंडा गोहीलाई बगाएर भारत पुर् याउँछ । एकैपटक यति धेरै गैंडा बगेर भारत पुगेको यो पहिलोपटक हो । निकुञ्जमा अहिले NN सय NN गैंडा रहेको तथ्यांक छ ।
नेपाली नक्कली नोटको कारोबार व्यापक । काठमाडौं नेपाली भूमि भारतीय नक्कली नोट कारोबारीको ट्रान्जिट बनेको आरोप खेपिरहेका बेला नक्कली नेपाली रुपैयाँका कारोबार व्यापक देखिएको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो । विशेषगरी चाडपर्वका बेलामा यस्ता नोटको कारोबार बढ्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला NN वर्षमा झन्डै आधा करोड नक्कली नेपाली रुपैयाँ बरामद भएका छन् । NN सालदेखि अहिलेसम्म NN लाख NN हजार NN सय NN रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरी तथ्यांकमा छ । त्यस्ता करिब NN दर्जन कारोबारी प्रहरी नियन्त्रणमा आएका छन् । प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले भारतीय नोटको तुलनामा नेपाली नक्कली नोट कमै मात्रामा बरामद हुने बताए । उनका अनुुसार तराईका जिल्लामा नेपाली नक्कली नोटको बिगबिगी छ । अझ चाडपर्वका बेलामा नक्कली रुपैयाँ बढी भेटिन्छ डीआईजी सिंहले भने चाडबाडमा सामान खरिद बिक्री बढी हुने भएकाले त्यसको मौका छोप्दै कारोबारीले बजारमा त्यस्ता नोट निकाल्छन् । प्रहरीका अनुसार फाट्टफुट्ट रूपमा भेटिने नोट कलर फोटोकपी मेसिनमा पि्रन्ट गरेर तयार पारिएको देखिन्छ । अलि ठूलै मात्रामा भेटिने नोट भने छिमेकी मुलुकमा बनाएर नेपालमा ल्याइने गरेको प्रहरीको भनाइ छ । नेपालीले नै पि्रन्ट गराएर नेपाली बजारमा भित्र्याएको पाइएको छ डीआईजी सिंहले भने । संगठित रूपमा कारोबार गरेर नेपालको अर्थतन्त्रलाई असर पार्ने उद्देश्य नभई व्यक्तिगत फाइदाका लागि कारोबार गर्ने गरेको प्रहरी बताउँछ । प्रहरीका अनुसार नक्कली नोट सबैभन्दा बढी काठमाडौंमा बरामद भएका छन् । खुला सिमानाको फाइदा उठाएर तराईका जिल्ला हुँदै मुख्य व्यापारिक केन्द्र काठमाडौंमा नोट भित्र्याइएको प्रहरीको भनाइ छ । नोट पूर्वी पहाडी जिल्ला पाँचथरदेखि कास्की गोरखा बागलुङ लगायतका पहाडी जिल्लामा समेत भेटिएका छन् । नक्कली र सक्कली नोट थाहा पाउन सर्वसाधारणलाई गाह्रो हुन्छ डीआईजी सिंहले भने त्यस्तो बेलामा सर्वसाधारण धेरै मात्रामा ठगिन सक्छन् । प्रहरीले NN कात्तिक NN गते काठमाडौंको माछापोखरीबाट सबैभन्दा बढी NN लाख NN हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको थियो । काठमाडौंकै कविता बर्मा साखबाट नेपालीसहित NN लाख NN हजार NN सय भारतीय नक्कली रुपैयाँसमेत बरामद भएको थियो । यस्तै NN जेठ NN गते काठमाडौंकै तीनकुनेबाट रविमान श्रेष्ठ NN लाख NN हजार नेपाली नक्कली रुपैयाँसहित पक्राउ परेका थिए ।
मासुको मूल्य आफूखुसी निर्धारण । गुलरिया स्थानीय प्रशासनले अनुगमन नगर्दा व्यवसायीले दसंैको मौका छोपेर खसीको मासुको मूल्य आफूखुसी बनाएका छन् । दसंै लाग्नासाथ व्यवसायीले मासुको प्रतिकिलो NN सय NN देखि NN सय NN रुपैयाँ कायम गरेका छन् । यसअघि मासुको मूल्य प्रतिकेजी NN सय रुपैयाँ थियो । कतपिय व्यवसायीले खसीको मासुमा बाख्री र भेडाको मासु मिसाएर बेच्ने गरेको उपभोक्ताले गुनासो पोखेका छन् । गुलरिया नगरपालिकाभित्र तीन दर्जनभन्दा बढी मासु पसल छन् । जिल्ला प्रशासन नगरपालिका र उपभोक्तासमेत रहेको समितिले मासुको मूल्य निर्धारण गर्ने गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङले व्यवसायीले मासुको भाउ बढाएको जानकारी नआएको बताए । उनले बढाएको पाइए स्थानीय प्रशासनसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउने जनाए । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले कार्यालय खुल्नासाथ अनुगमन गरी निर्धारित मूल्यभन्दा बढीमा मासु बेच्ने व्यवसायीलाई कारबाही गरिने बताए । मासु व्यवसायी संघका अध्यक्ष्ा गुरुदत्त शर्माले हरेक कुरामा मूल्यवृद्धि भएकाले मासुको पनि बढाएको हुन सक्ने बताए ।
संघर्ष र साहसको कथा लाइफ अफ पाई । सतहमा हेर्दा यो एउटा रोमाञ्च र दुःखको कथाजस्तो लाग्छ । खासमा यो साहसको कथा हो । चराझैं उड्दै आउने माछा हुन् वा अचम्मका समुद्री जीव यसमा संसारको अर्को पाटो देखिन्छ । यो एउटा यात्राको कथा हो । फिल्महरूमा प्रायः पात्रको यात्राको कथा हो । कुनैमा मानसिक यात्राको हुन्छ त कसैमा साँच्चिकै लामो यात्रा हुन्छ । लाइफ अफ पाई पाई पटेलले गर्ने यी दुवैखाले यात्राको कथा हो । एउटा किशोरावस्था पार गर्न आँटेको केटो एउटा वयस्क बाघ चारैतिर समुद्र र यात्राको साधन सानो लाइफबोट । प्यासिफिक ओसियनको सबभन्दा गहिरो गल्छीनेर क्यानडा जान हिँडेको पानीजहाज दुर्घटना भएपछि यो केटो र बाघ गन्तव्यहीन यात्राको सहयात्री हुन्छन् । चारैतिर पानी नै पानी छ जुन पानी खान पनि हुँदैन । त्यो सानो डुंगामा समुद्रमा केटो र बाघले कसरी यात्रा गर्छन् कसरी एकअर्काका साथी बन्छन् र कसरी बाँच्छन् भन्ने कथा यो फिल्मले भन्छ । यान मार्टेल नामक एक जना क्यानडाका लेखकले लेखेको प्रतिष्ठित म्यान बुकर पुरस्कार प्राप्त उपन्यास लाइफ अफ पाई मा यो फिल्म आधारित छ । कुनै बेलाको प | ेन्च उपनिवेश भारतको पोन्डिचरीबाट फिल्म सुरु हुन्छ । पोन्डीचरीमा सरकारी जमिनमा चिडियाखाना चलाइरहेको एउटा दम्पती सुखद जीवनको कल्पना गर्दै आप ना दुई सन्तान र पालेका जनावर लिएर क्यानडा हिँड्छन् । र समुद्रमा आप नो एउटा छोरोलाई लाइफबोटमा एउटा जेब्रा एउटा हाइना एउटा चिम्पान्जी र एउटा रोयल बंगाल टाइगरसहित छोडेर समुद्रको नुनिलो पानीमा बेपत्ता हुन्छन् । यो केटा र बाघ दुवैको नामको बेग्लै कथा छन् । पेरिसको एउटा स्विमिङ पुलबाट लिइएको उसको नाम पिसिन पटेल स्कुलमा जिस्क्याउने नाम भएपछि चलाख केटाले गणितको सहारा लिन्छ र नाम छोट्याउँछ पाई । उता बाघले भने नयाँ मालिक पाउँदा गल्तीले पुरानो मालिकको नाम पाउँछ रिचर्ड पार्कर । भारत र अन्य मुलुकमा भन्दा एक हप्ता ढिलो काठमाडौंमा गत शुक्रबार रिलिज यो थ्रीडी फिल्म खासमा न बाघको कथा हो न केटाको । यो कथा हो मान्छेको कहिल्यै नमर्ने आशाको । यस्तो आशा जसले मानिसलाई जस्तै दुःखमा पनि कुनै तर्कबिना जोगाइराख्छ । केही वर्ष पहिले टम ह्याङक्सले अभिनय गरेको एउटा फिल्म आएको थियो कास्ट अवे । एउटा मानिस समुद्री टापुमा एक्लै चार वर्षसम्म कसरी बाँच्छ र फर्केर आउँछ भन्ने प्रेरणादायी कथा त्यसमा थियो । पाई त्यो चक भन्दा फरक छ । किनभने पाईसँग त टापु पनि छैन । पानी नै पानी छ । र खासमा डुंगा पनि उसको अधीनमा छैन रिचर्ड पार्करले त्यसमा कब्जा जमाएको छ । नेपालजस्तो समुद्र नभएको ठाउँको मानिसका लागि त झन् यसले विशेष अनुभूति बोकेर ल्याउँछ संसारको विविधतासँग साक्षात्कार गराउने गरी । टाइटानिक जस्तै डुब्ने जहाजको यात्रीको कथा भए पनि यसमा जहाजको कुनै कथा छैन । न यसमा केटा र केटीको लभ स्टोरी नै छ । यसमा छ त मानिसले प्रकृतिसँग गर्ने संघर्षको कथा । बाँच्नका लागि गर्ने संघर्षको कथा । लाइफ अफ पाई पछिल्ला वर्षहरूमा नेपालका फिल्म हलमा चलेका फिल्ममध्ये साँच्चिकै हेर्नुपर्ने कोटीको फिल्म हो । अंग्रेजी भाषाको फिल्म भए पनि यसमा एसियन लवजको अंग्रेजी छ । प्रायः सबैजसो मुख्य कलाकार भारतीय छन् इरफान खान तब्बु र मुख्य भूमिकामा अभिनय गर्ने सुरज शर्मा । लाइफ अफ पाई लाई लामो समयसम्म फिल्म बनाउन नसकिने उपन्यास भनेर थन्क्याइएको थियो । यसमाथि मनोज नाइट श्यामलनदेखि ह्यारी पोटर का निर्देशक अल्फोन्सो क्युरोनसम्मले फिल्म बनाउने भन्दै यो कथा छोडेका थिए । तर अमेरिका बस्ने ताइवानी निर्देशक आङ लीले अन्ततः यसमा फिल्म बनाउने हिम्मत गरे । एनिमेसन र थ्रीडीको मद्दतले उनले आखिरीमा फिल्म हलमा आजसम्म अनुभूत गर्न नपाइएको दृश्यहरूको सिर्जना गरिदिए । इट डि्रक म्यान ओमन बाट थालेर क्राउचिङ टाइगर हिडेन ड्रयागन हल्क र ब्रोकब्याक माउन्टेन हुँदै पाइसम्म आइपुगेका यी ओस्कर विजेता निर्देशकको शैली यो फिल्ममा प्रस्ट देख्न सकिन्छ । पोन्डीचरीको चिडियाखानामा पहिलोपटक बाघ र पाईको भेटको दृश्य होस् वा पाईको धर्मप्रतिको चाख सुरुका यी सबै दृश्यले अन्त्यमा एउटा अर्थ दिन्छन् । कथाका लागि सबभन्दा महत्त्वपूर्ण कुरा नै त्यसले दिने अन्तर्यको अर्थ हो । जुन कुरा लाइफ अफ पाई को सबभन्दा ठूलो विशेषता हो । यो कुनै धार्मिक फिल्म होइन । न त यसले कुनै चमत्कारको कथा भन्छ । तर मुखर नभईकनै फिल्मले एउटा अध्यात्मको बयान गर्छ । समुद्रका माछा हुन् वा लाइफले अन्तिमसम्म घोट्ने सिसाकलमको ठुटो फिल्मले अध्यात्म र संघर्षलाई मानिसको जीवनमा मिसाएर हेर्छ ।
चिनियाँ विदेश उपमन्त्री काठमाडौंमा । काठमाडौ चिनियाँ विदेश उपमन्त्री फु यिङ सचिवस्तरीय संयन्त्र बैठकमा भाग लिन शनिबार काठमाडौं आएकी छन् । यिङले काठमाडौं उत्रनासाथ परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेकी थिइन् । राजधानीमा आइतबार सुरु हुने नवौं परामर्श संयन्त्र बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले गर्दैछन् । यो नियमित संयन्त्र बैठक हो यसमा द्वैदेशीय सम्बन्धका आयाम र पर्यटन लगानीका सम्भावना सूचना संयन्त्रलगायत नियमित विषयमा छलफल हुनेछ परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले कान्तिपुरसँग भने । परराष्ट्र मन्त्रीसँगको भेटघाटमा उपमन्त्री यिङले नेपालमा जारी शान्ति प्रक्रियाबारे चासो राखेकी थिइन् । प्रवक्ता थापाका अनुसार उनले आइतबार प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गर्नेछिन् ।
Sign up for free to join this conversation on GitHub. Already have an account? Sign in to comment